काठमाडौं । प्रदेश नम्बर २ का मुख्यन्त्री लालबाबु राउतले प्रदेश सभामा विश्वासको मत प्राप्त गर्नुभएको छ ।
बुधबारको प्रदेश सभा बैठकमा उहाँले विश्वासको मत माग्नुभएको थियो । १ सय ४ सदस्य रहेको प्रदेश सभामा राउतले ७७ मत प्राप्त गर्नुभएको छ । उहाँलाई जनता समाजवादी पार्टी, नेपाली कांग्रेस, माओवादी र नेकपा एकिकृत समाजवादीका सांसदले विश्वासको मत दिनुभएको थियो ।
नेकपा एमाले र लोकतान्त्रिक समाजवादीका सांसद् उहाँको विपक्षमा उभिनुभएको थियो । उहाँको विपक्षमा २३ मत खसेको छ । चार जना सांसद् बैठमा अनुस्थित हुनुहुन्थ्यो ।
प्रदेश २ को प्रदेश सभामा जम्मा १ सय ८ जना सदस्य रहेकामा चार जनाको पद रिक्त रहेको छ । जनता समाजवादी पार्टी विभाजन भएपछि राउतले संवैधानिक व्यवस्था अनुसार विश्वासको मत लिनुभएको हो ।
