काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दै छ ।
दिउँसो १ बजे बस्ने बैठकका लागि दुई वटा सम्भावित कार्यसूची तय गरिएकाे संघीय संसद् सचिवालयले जनाएकाे छ । बैठकमा प्रधानमन्त्री एवं संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री शेरबहादुर देउवाले 'संघीय निजामति सेवा विधेयक, २०७५' फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।
प्रधानमन्त्री एवं भौतिक पुर्वाधार तथा यातायात मन्त्री श्री शेरबहादुर देउवाले राष्ट्रिय सभामा उत्पत्ति भै प्रतिनिधि सभामा विचाराधीन 'रेल्वे विधेयक, २०७६' फिर्ता लिन राष्ट्रिय सभाको सहमतिका लागि प्रतिनिधि सभाको सिफारिश प्राप्त गर्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
सभामुख अग्निप्रसाद सापकाेटाकाे भूमिका र सरकारकाे काम कारबाहीप्रति असन्तुष्टि जनाउँदै प्रमुख प्रतिपक्षी नेकपा एमाले सदन अवरुद्ध गर्दै आएकाे छ । आजकाे बैठक पनि अवरुद्ध गर्ने एमालेकाे तयारी छ । यद्यपि सभामुख र सरकार एमालेलाई पेलेरै जाने रणनीतिसाथ अगाडि बढिरहेका छन् ।
