काठमाडौं । प्ररदेश १ प्रदेश सभाको नवौं अधिवेशन आज शुक्रबारबाट सुरु हुँदै छ ।
प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आज दिउँसो २ बजेको लागि प्रदेश सभा बैठक आह्वान गर्नुभएको छ । यो प्रदेश १ को यस वर्षको हिउँदे अधिवेशन पनि हो ।
यही अधिवेशनमा मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिनुहुने छ । एमालेबाट मुख्यमन्त्री हुनुभएका आचार्य मुख्यमन्त्री भएपछि एमाले फुटेको छ । प्रदेश सभामा बहुमतमा रहेको एमाले फुटेर १० जना प्रदेश सभा सदस्य नेकपा एकिकृत समाजवादीमा गएपछि आचार्य नेतृत्वको एमाले सरकार अल्पमतमा परेको छ ।
उहाँ गत भदौ १० गते मुख्यमन्त्री बन्नुभएको हो । यस अघि सो प्रदेशमा एमालेकै शेरधन राई मुख्यमन्त्री हुनुहुन्थ्यो ।
प्रदेश सभामा एमालेका ४१ सांसद् छन् । ९२ सदस्य रहेको प्रदेश १ मा बहुमतका लागि ४७ मत आवश्यक पर्दछ ।
