काठमाडाैं । नेकपा एमालेले आज पनि प्रतिनिधि सभामा अवराेध कायमै राखेकाे छ ।
शुक्रबार प्रतिनिधि सभा बैठक सुरु हुनासाथ एमाले सांसद्ले बेल अगाडि उभिएर नारा लगाइरहेका छन् । सभामुखकाे भूमिकाप्रति प्रश्न उठाउँदै एमालले भदाै २३ गतेदेखि लगातार सदन अवरुद्ध गर्दै आएकाे छ ।
