काठमाडौं । प्रतिनिधि सभाको शुक्रबारको बैठक सुरु भएको छ ।
बैठक सुरु भएको सभामुख अग्नीप्रसाद सापकोटाले घोषणा गर्ने वित्तिकै एमाले सांसद् विरोधमा उत्रिएका छन् । एमालेले कारबाही गरेका सांसद्को नाम टाँस नगरी सभामुखले एमाले फुटाउन सहयोग गरेको भन्दै एमाले सांसदले लगातार प्रतिनिधि सभा बैठक अवरुद्ध गर्दै आएका छन् ।
