काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा एमालेकाे अवराेधबीच संघीय निजामति सेवा विधेयक, २०७५ फिर्ता लिने प्रस्ताव प्रतिनिधि सभाबाट स्वीकृत भएकाे छ ।
शुक्रबार बसेकाे प्रतिनिधि सभा बैठकले साे प्रस्ताव बहुमतले स्वीकृत गरेकाे हाे । प्रधानमन्त्रीका शेरबहादुर देउवाको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निजामती सेवा विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्नुभएकाे थियाे ।
एमालेको अवरोधबीच सभामुख अग्निप्रसाद सापकोटाले आजपनि सदनको कामकारबाही अघि बढाउनुभएकाे थियाे ।
