काठमाडाैं । वाग्मती प्रदेश सभाकाे बैठक आज बस्दैछ ।
दिउँसाे ३ बजे बस्ने प्रदेश सभाकाे नवाै अधिवेशनकाे पहिलाे बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासकाे मत लिनका लागि प्रस्ताव पेस हुनेछ । मुख्यमन्त्री शाक्यले विश्वासकाे मत लिनेसम्बन्धी पत्र असाेज २२ गते प्रदेश सभा सचिवालयमा दर्ता गर्नुभएकाे थियाे ।
दल विभाजन भए वा सरकारमा सहभागी दलले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था बमोजिम मुख्यमन्त्री शाक्यले विश्वासकाे मत लिन लाग्नुभएकाे हाे । वाग्मतीका १२ जना एमाले सांसद् एकीकृत समाजवादीमा लागेपछि मुख्यमन्त्रीले विश्वासकाे लिनुपर्ने अवस्था आएकाे हाे । एमालेबाट चाेइटिएकाे माधव नेपाल समूहले एकीकृत समाजवादी पार्टी खाेलेकाे हाे ।
