काठमाडाैं । राष्ट्रिय सभा बैठक सरेकाे छ ।
आजका लागि तय गरिएकाे बैठक भाेलिका लागि सारिएकाे संघीय संसद् सचिवालयले सूचनामार्फत जानकारी दिएकाे छ । आजका लागि तोकिएको बैठक विशेष कारणले असोज २५ गते दिउँसो २ बजे बस्ने गरी निर्धारण गरिएको सूचनामा उल्लेख छ ।
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना गण्डकी प्रदेशलाई साक्षर घाेषणा गरिने कार्यक्रममा सहभागी हुन पाेखरा पुग्नुभएकाे छ । साेही कारण बैठक सरेकाे हुन सक्ने बताइएकाे छ ।
