काठमाडाैं । वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासकाे मतका लागि प्रदेश सभामा प्रस्ताव पेस गर्नुभएकाे छ ।
आइतबार बसेकाे वाग्मती प्रदेश सभाकाे बैठकमा मुख्यमन्त्री शाक्यले साे प्रस्ताव पेस गर्नुभएकाे हाे । प्रदेश सभा बैठक कात्तिक ४ गते बस्नेगरी स्थगित भएकाे छ । आजकाे पहिलाे बैठकमा दलका नेताहरुले नवौ अधिवेशन तथा विजया दशमीको शुभकामना मन्तव्य राखेका थिए ।
