बिराटनगर । प्रदेश नं १ प्रदेशसभाको नवौँ तथा हिउँदे अधिवेशनको तेस्रो बैठकको मिति परिवर्तन गरिएको छ ।
यही असोज २२ गतेदेखि सञ्चालन भएको बैठक आज दोस्रो भएको थियो । भोलि १ बजेका लागि भनिएको बैठकको मिति परिवर्तन गरी आगामी कात्तिक ५ गते शुक्रबार दिनको १ बजे बस्ने प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
प्रदेश सभा सचिव पराजुलीद्वारा आज जारी सूचनामा उक्त बैठक विशेष कारणले प्रदेशसभा नियमावली, ०७४ को नियम ६ को उपनियम (३) बमोजिम मिति परिवर्तन गरिएको जनाउनुभएको छ ।
बैठकको मिति सभामुख प्रदीपकुमार भण्डारीको आदेशानुसार सम्पूर्ण प्रदेशसभाका सदस्यलाई जानकारीका लागि सूचना प्रकाशित गरिएको छ ।
–रासस
