काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले रुपन्देही घटनाका विषयमा सरकारसँग जवाफ मागेकाे छ ।
साेमबार बसेकाे राष्ट्रिय सभा बैठककाे सुरुमै बाेल्दै एमाले राष्ट्रिय सभा संसदीय दलका प्रमुख सचेतक खिमलाल भट्टराईले रुपन्देहीकाे माेतीपुरमा चार जान सुकुम्बासीकाे हत्या भएकाे भन्दै कडा आपत्ति जनाउनुभयाे । सांसद् भट्टराईले साे घटनामा सदनमार्फत भर्त्सना गर्नुभयाे ।
आफ्नै जिल्लामा सुकुम्बासी मारिँदा गृहमन्त्री बालकृष्ण खाँड मुकदर्शक बन्नु दु:खद भएकाे खिमलालले बताउनुभयाे । उहाँले भन्नुभयाे - 'आज अरुका लागि दशैं आएको छ, सुकुम्बासीका लागि दशा बनेर आयो, त्यही जिल्लाकाे गृहमन्त्री हुनुहुन्छ, उहाँले के भन्नुहुन्छ ? के सोचिरहनुभएको छ ? कुन नैतिकताका आधारमा उहाँ कुर्सीमा बसिरहनुभएको छ ? मलाई उदेक लाग्छ, आफ्नै जिल्लामा शान्ति कायम गर्न सक्षम हुनुहुन्न भने देशभर के गर्नुहोला ? चार जनाकाे हत्या हुने कुरा सामान्य कुरा हाेइन ।'
साे घटनाले गृहमन्त्रीको नैतिकतामाथि प्रश्न उठेको बताउँदै उहाँले अहिलेकाे सरकार इतिहासकै कमजाेर र निर्लज्ज रहेकाे बताउनुभयाे । साे घटनामा घाइते भएका १८ जनाकाे उपचार जारी रहेकाे खिमलालले बताउनुभयाे । साे घटना छानबिनका लागि कुनै पहल नगरिएकाे भन्दै खिमलालले मोतीपुर घटनाको निष्पक्ष छानबिन गर्न, घाइतेको उपचारका प्रबन्ध गर्न, मृतकको क्षतिपूर्तिको प्रबन्ध गर्न सरकारसँग माग गर्नुभयाे ।
सुकुम्बासी मारिँदा सरकारले केही प्रतिक्रिया नदिने सरकारसँग कुनै माग गर्न नसकिने सांसद् भट्टराईले बताउनुभयाे । जयसिंह धामी प्रकरणमा पनि सरकार गैरजिम्मेवार बनेकाे बताउनुभयाे । अहिलेकाे सरकारदे दूषित राजनीतिकाे सुरुआत गरेकाे बताउनुभयाे । उहाँले सरकार आँखा, कान र मुख नभएको जस्तो देखिएको बताउनुभयाे । वर्तमान सरकारले राष्ट्रियतालाई कमजाेर बनाउने काम गरेकाे खिमलालले बताउनुभयाे ।
सुकुम्बासी मारिदाँ पनि कुन नैतिकताका आधारमा गृहमन्त्री कुर्सीमा बस्नुभएकाे छ : एमाले
