काठमाडौं । प्रतिनिधि सभा बैठक कात्तिक ११ गतेलाई सारिएको छ ।
यस अघि प्रतिनिधि सभा बैठक कात्तिक ९ गतेका लागि बोलाइएको थियो । कात्तिक ९ गते नेकपा एमालेको पालिका अधिवेशन परेकाले प्रतिनिधि सभाको बैठक सारिएको संसद् सचिवालयले जनाएको छ । बैठक कात्तिक ११ गते दिउँसो २ बजे बस्ने छ ।
कात्तिक ९ गते एमालेले देशभर पालिका अधिवेशन गर्दैछ । एमाले प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल हो ।
सभामुखको भूमिका निष्पक्ष नभएको बताउँदै नेकपा एमालेले विरोध जनाउँदै आएको छ । एमालेले प्रतिनिधि सभा बैठक अवरुद्ध गर्दै आएको छ ।
