काठमाडाैं । वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत माग्नुभएकाे छ ।
बिहीबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री शाक्यले आफूलाई विश्वासको मत दिन आग्रह गर्नुभएकाे हाे । त्यसक्रममा उहाँले आफ्नाे नेतृत्वमा प्रदेश सरकारले गरेका कामबारे जानकारी गराउनु भएकाे थियाे ।
गत असोज २४ गते बसेकाे प्रदेश सभा बैठकमा मुख्यमन्त्री शाक्यले नेपालको विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नुभएकाे थियाे ।
