काठमाडौं । वाग्मती प्रदेश सभामा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रस्तुत गर्नुभएकाे विश्वासकाे मत लिने प्रस्तावमाथि छलफल भएकाे छ ।
बिहीवार बसेकाे प्रदेश सभा बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासकाे मत माग्दै प्रदेश सरकारले गरेका कामबारे जानकारी गराउनुभएकाे थियाे । त्यसपछि साे प्रस्तावमाथि विभिन्न दलका नेताले आ-आफ्नाे विचार राखेका थिए । साे प्रस्तावमाथिकाे छलफल सकिएकाे छ ।
विश्वासकाे मत लिने प्रस्तावमाथि बैठकमा छलफल भएपनि मत विभाजन प्रक्रिया अर्काे बैठकमा मात्र हुने भएकाे छ । बैठकमा सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सभाकाे अर्काे बैठक कात्तिक १० गते बस्ने जारी दिनुभयाे । उहाँका अनुसार बैठक कात्तिक १० गते दिउँसाे १ बजे बस्नेछ ।
