काठमाडाैं । प्रदेश-१ को प्रदेश सभा बैठक आज बस्दैछ ।
प्रदेश सभाकाे नवौं तथा हिउँदे अधिवेशनको तेस्रो बैठक आज दिउँसाे १ बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएकाे छ । आजकाे बैठकमा मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मतका लागि प्रस्ताव राख्नुहुनेछ ।
मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव असोज २५ गते प्रदेश सभा सचिवालयमा दर्ता गराउनुभएकाे थियाे । आज बस्ने बैठकमा विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव टेबल गरेपछि त्यसमाथि छलफल सुरु हुनेछ । एमाले नेता आचार्य गत भदाै १० गते मुख्यमन्त्री नियुक्त हुनुभएकाे थियाे ।
