काठमाडौं । प्रदेश १ सरकारले प्रदेश सभामा प्रस्तुत गरेको विश्वासको मत प्रस्ताव माथि आइतबार मतदान हुने भएको छ ।
प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले प्रदेश सभामा शुक्रबार विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गर्नुभएको थियो । प्रदेश प्रमुखले सो प्रस्ताव पेश गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले आइतबार मतदान हुने जानकारी गराउँदै शुक्रबारको बैठक स्थगित गर्नुभएको छ ।
यस अघि प्रदेश १ मा बेमौसमी बाढी पहिरोले पुर्याएको क्षतीको बारेमा मुख्यमन्त्रीले संसदलाई जानकारी गराउनुभएको थियो ।
प्रदेश १ मा एमालेबाट मुख्यमन्त्री हुनुभएका आचार्य एमाले फुटेर नेकपा एकिकृत समाजवादी बनेपछि अल्पमतमा पर्नुभएको छ । त्यसैले उहाँले प्रदेश सभामा विश्वासको मत लिन लाग्नुभएको हो । एमाले विरोधी गठबन्धन एक भएमा उहाँले विश्वासका मत पाउने सम्भवाना छैन ।
