काठमाडाैं । प्रदेश-१ काे प्रदेश सभा बैठक आज बस्दैछ ।
मध्यान्ह साढे १२ बजे बस्ने प्रदेश सभामा बैठकमा मुख्यमन्त्री भीम आचार्यले पेस गर्नुभएकाे विश्वासको मत लिने प्रस्तावमाथि छलफल हुनेछ । छलफलपछि आजै मत विभाजन हुने कार्यसूची रहेकाे प्रदेश सभा सचिवालयले जनाएकाे छ ।
कात्तिक ५ गते बसेकाे प्रदेश सभा बैठकमा मुख्मन्त्री आचार्यले विश्वासको मत लिने प्रस्ताव प्रदेश सभामा टेबुल गर्नुभएकाे गथियाे । उहाँले विश्वासकाे मत पनि माग्नुभएकाे थियाे । मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव असोज २५ गते प्रदेश सभा सचिवालयमा दर्ता गराउनुभएकाे थियाे ।
एमालेका १० सांसद् एकीकृत समाजवादीतिर लागेपछि मुख्यमन्त्री आचार्य अल्पमतमा पर्नुभएकाे थियाे । आचार्य गत भदौ १० गते प्रदेश-१ को मुख्यमन्त्री बन्नुभएकाे थियाे ।
