काठमाडाैं । प्रदेश-१ काे प्रदेश सभा बैठक सरेकाे छ ।
आज मध्यान्ह साढे १२ बजेका लागि बाेलाइएकाे बैठक कात्तिक १५ गते सोमबार मध्यान्ह साढे १२ बजे बस्ने गरी स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएकाे छ ।आजकाे बैठकमा मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मत लिने कार्यसूची तय थियो ।
नेकपा एमाले र नेपाली कांग्रेसले आजकाे बैठक स्थगित गर्न भन्दै निवदेन दिएका थिए । दुबै पार्टीकाे अनुराेधमा बैठक स्थगित गरिएकाे प्रदेश सभा सचिवालयले विज्ञप्तिमार्फत जानकारी दिएकाे छ ।
