काठमाडाैं । वाग्मतीका प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासकाे मत लिनुहुने भएकाे छ ।
आज दिउँसाे १ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासकाे मत लिनहुने कार्यसूची रहेकाे प्रदेश सभा सचिवालयले जनाएकाे छ । विश्वासको मत विभाजनका गर्न सबै तयारी पूरा भएकाे प्रदेश सभा सचिवालयले जनाएकाे छ ।
असोज २४ बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मतसम्बन्धी प्रस्ताव टेबुल गर्नुभएकाे थियाे । कात्तिक ४ गतेको बैठकमा साे प्रस्तावमाथि छलफल भएकाे थियाे । प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै दलका नेताले प्रस्तावमाथि आ-आफ्नाे विचार राखेका थिए ।
नेकपा एमालेका १३ सांसद् माधव नेपालकाे पार्टीतिर लागेपछि अष्टलक्ष्मी शाक्य अल्पमतमा पर्नुभएकाे थियाे । मुख्यमन्त्री शाक्यसँग हाल सभामुखसहित ४३ जना सांसद् छन् । प्रदेश सभामा एमालेका ४३ सहित माओवादी केन्द्रका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३ र जसपाका १ सांसद् छन् । विश्वासकाे मत पाउन ५५ सांसद्काे समर्थन चाहिन्छ ।
