काठमाडाैं । वाग्मती प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेस भएकाे छ ।
एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र पाण्डेले नयाँ मुख्यमन्त्रीका लागि प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष बुधबार दाबी दावी पेस गर्नुभएकाे हाे । अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि प्रदेश प्रमुख शर्माले भोलि दिउँसाे ३ बजेसम्म मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गर्नुभएकाे थियाे ।
साेही अनुसार चार दलीय गठबन्धनले ५९ सांसद्को समर्थनसहित पाण्डेलाई मुख्यमन्त्री बनाउन दाबी पेस गरेकाे हाे । माओवादी केन्द्रका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३ र जसपाका १ सांसद् गरी ५९ सांसदको हस्ताक्षरसहित पाण्डे मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुखकाे कार्यालय पुग्नुभएकाे हाे ।
