काठमाडाैं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।
दिउँसो २ बजे बैठक बस्ने बैठकका लागि एउटा माै सम्भावित कार्यसूची तय गरिएकाे संघीय संसद सचिवालयले जानकारी दिएको छ । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेस गर्नुहुने सम्भावित कार्यसूची छ ।
यसअघि कात्तिक ९ गते बस्ने भनिएकाे बैठक आजका लागि सारिएको थियाे ।
