काठमाडाैं । लुम्बिनी प्रदेश सभा बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले अवराेध कायमै राखेकाे छ ।
बिहीबार बैठक सुरु हुनासाथ एमाले सांसद्ले बेलमा पुगेर नाराबाजी गरेका हुन् । नेकपा एमालेले कारबाही गरेका दुई सांसद्लाई सभामुखले पदमुक्त नगरेपछि प्रदेश सभा बैठक पटक-पटक अवरुद्ध हुँदै आएकाे छ ।
सूर्य चिन्हबाट निर्वाचित अजय शाही र विमला खत्री वलीलाई पार्टीबाट निष्कासित गर्दै पदमुक्त गर्न एमालेले माग गर्दै आएकाे छ ।
