काठमाडाैं । नेकपा एमालेकाे अवराेधबीच सभामुख अग्निप्रसाद सापकाेटाले प्रतिनिधि सभाकाे बैठक अगाडि बढाउनुभएकाे छ ।
बिहीबार बैठक सुरु हुनासाथ एमाले सांसद्ले बेल अगाडि उभिएर नाराबाजी गरेका थिए । सभामुख सापकाेटाले बस्नका लागि आग्रह गर्नुभयाे । यद्यपि एमाले सांसद्ले नारा लगाइरहे बसेनन् ।
एमालेकाे अवराेधबीच सभामुख सापकाेटाले बैठकका लागि निर्धारित तीन वटै कार्यसूची अगाडि बढाउनुभयाे । बैठकमा सभामुख सापकाेटाले राष्ट्रपतिकाे कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनुभयाे । त्यसपछि सभाुखले प्रधानमन्त्री शेरबहादुर देउवाकाे तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र प्रसाद बडूलाई दलित आयाेगकाे वार्षिक प्रतिवेलन पेस गर्न समय दिनुभयाे ।
सभामुख सापकाेटाले झलनाथ, कर्मा घले र प्रदीप गिरी लगायत ३ सांसद् बिरामी भएका कारण १३ बैठकमा लगातार अनुपस्थितकाे सूचना स्वीकृतिका लागि प्रस्तुत गर्नुभयाे । सभाले स्वीकृत दिएपछि सभामुखले कात्तिक २९ गतेसम्मका लागि बैठक स्थगित गरिएकाे जानकारी दिनुभयाे ।
