काठमाडाैं । वाग्मतीकाे प्रदेशकाे मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे नियुक्त हुनुभएकाे छ ।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले एकीकृत समाजवादी वाग्मती प्रदेश संसदीय दलका नेता पाण्डेलाई बिहीबार मुख्यमन्त्री नियुक्त गर्नुएकाे हाे । अष्टलक्ष्मी शाक्यले बुधबार मुख्यमन्त्रीबाट दिएकाे राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख शर्माले आज दिउँसो ३ बजेसम्मको लागि नयाँ मुख्यमन्त्रीको लागि दाबी पेश गर्ने समय दिनुभएकाे थियाे ।
प्रदेश प्रमुखले दिनुभएकाे समयभित्र पाण्डेकाे मात्र दाबी पेस भएकाे थियाे । पाण्डेले बुधबार नै ५९ सांसद्काे समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएकाे थियाे । पाण्डेलाई एकीकृत समाजवादीसहित नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसद्ले समर्थन गरेका छन् । पाण्डेले केहीबेरमा शपश लिनुहुने बताइएकाे छ ।
