काठमाडाैं । प्रदेश-१ का मुख्यमन्त्री भीम आचार्यले जनताकाे अपेक्षा यही सरकारले निरन्तरता पाहाेस् भन्ने रहेकाे बताउनु भएकाे छ ।
साेमबार बसेकाे प्रदेश सभा बैठकलाई सम्बाेधन गर्दै मुख्यमन्त्री आचार्यले भन्नुभयाे - 'संसद्काे अंकगणित आफ्नाे ठाउँमा छ,तर जनअपेक्षा यही सरकारले निरन्तरता पाहाेस् भन्ने छ ।'
बहुमत गुम्नासाथ आफूले सरकार छाड्न चाहेपनि देशका समस्या र जनताका चाहानाले नदिएकाे उहाँले बताउनुभयाे । 'पहिले नै सरकार छाेड्न दिन खाेजेकाे थिएँ,तर देशका समस्या र जनताको अपेक्षा यो सरकारले निरन्तरता दिनुपर्ने रहेकाले छाेडिनँ'-मुख्यमन्त्री आचार्यकाे भनाइ छ ।
मिलेर जानुको विकल्प नभएकाे बताउँदै उहाँले भन्नुभयाे - 'लडाईं झगडा गरेर केही हुँदैन,प्रतिष्पर्धामा काेही अगाडि जाला तर मिलेर जानुकाे विकल्प छैन ।' प्रतिष्पर्धा देश निर्माणका लागि देखाउनुपर्ने बताउँदै मुख्यमन्त्री आचार्यले भन्नुभयाे - 'आफू अग्लो हुन जनताको विश्वास जित्नुपर्यो, काम गर्नुपर्यो, काममा प्रतिष्पर्धा गर्नुपर्याे, काम गर्यो भने अगाडि जान सकिन्छ, मुलुकले स्थिरता प्राप्त गर्न सक्छ ।'
