काठमाडाैं । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज विश्वासकाे मत लिनुहुने भएकाे छ ।
आज दिउँसाे ३ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री पाण्डेले विश्वासकाे मत लिन लाग्नुभएकाे प्रदेश सभा सचिवालयले जनाएकाे छ । पाण्डे कात्तिक ११ गते मुख्यमन्त्री बन्नुभएकाे थियाे ।
मुख्यमन्त्रीबाट अष्टलक्ष्मी शाक्यले कात्तिक १० गते राजीनामा दिएपछि कात्तिक ११ गते पाण्डे मुख्यमन्त्री नियुक्त हुनुभएकाे थियाे । मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने प्रस्ताव कात्तिक १४ गते प्रदेश सभामा दर्ता गरिसक्नुभएकाे छ ।
मुख्यमन्त्री बनेकाे ३० दिनभित्र विश्वासकाे मत लिनुपर्ने संवैधानिक प्रावधान छ । यद्यपि पाण्डेले त्यसअगाबै नै विश्वासकाे मत लिन लाग्नुभएकाे हाे ।
