काठमाडौं । वाग्मती प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले शान्ति र व्यवस्थालाई जोगाउन पाँच दलीय गठबन्धन भएको बताउनुभएको छ ।
सोमबार प्रदेश सभा बैठकमा बोल्दै उहाँले जनताका प्रतिनिधिबाटै शेरबहादुर देउवा नेतृत्वको संघीय सरकार बनेको बताउनुभयो । ‘परमादेश संविधानको रक्षा र संविधानको पालना नगरेपछि जारी गर्नु पर्यो’, बानियाँले भन्नुभयो ।
परमादेश जारी गरेर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाए पनि संसदबाट १ सय ६५ जना सांसद्ले अनुमोदन गरेको उहाँले बताउनुभयो । एमालेले भ्रमको खेती गरेर परमादेशको अपव्याख्या गरेको उहाँको भनाइ छ ।
एमालेले आफ्नो जनमत जोगाउन नसकेको कारण संघदेखि प्रदेशसम्म गठबन्धनको सरकार बनेको उहाँको भनाइ छ । ‘ संविधानको रक्षाका लागि हामी एकठाउँमा उभिनु परेको हो’, बानियाँले भन्नुभयो ।
