काठमाडाैं । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत पाउनु भएकाे छ ।
साेमबार बसेकाे प्रदेश सभा बैठकमा मुख्यमन्त्री पाण्डेले विश्वासकाे मत पाउनु भएकाे हाे । सभामुख सानुकुमार श्रेष्ठका अनुसार बैठकमा उपस्थित १ सय ४ सांसद्मध्ये प्रस्तावको पक्षमा ५९, विपक्षमा ४३ र तटस्थ २ सांसद्ले मत दिए ।
एकीकृत समाजवादी वाग्मती प्रदेश संसदीय दलका नेता पाण्डे एकीकृत समाजवादीसहित नेपाली कांग्रेस, माओवादी केन्द्र सम्मिलित गठबन्धनकाे समर्थनमा कात्तिक ११ गते मुख्यमन्त्री नियुक्त हुनुभएकाे थियाे ।
एक महिनाभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उहाँले आज विश्वासकाे मत लिनुभएकाे हाे ।
