काठमाडाैं । लुम्बिनी प्रदेश सभा बैठक भाेलिसम्मका लागि स्थगित भएकाे छ ।
आइतबार बसेकाे दाेस्राे बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले उपस्थित नभएपछि सभामुख पूर्णबहादुर घर्तीले भाेलि दिउँसाे १ बजेसम्मका लागि बैठक स्थगित गर्नुभएकाे हाे । विपक्षीकाे वेञ्चमा कुनैपनि सदस्य नदेखिएकाे भन्दै सभामुखले बैठक स्थगित भएकाे घाेषणा गर्नुभएकाे हाे ।
त्यसअघि आजै बसेकाे पहिलाे बैठकमा लुम्बिनी प्रदेश एमाले संसदीय दलका नेता शंकर पाेखरेलले २ सांसद्लाई पदमुक्त नगरेसम्म बैठक चल्न नदिने बताउनुभएकाे थियाे ।अजय शाही र विमलाकुमारी खत्री वलीका बिषयमा उठेका प्रश्नको निरुपण नभएसम्म सदन चल्ने नदिने उहाँकाे भनाइ थियाे ।
नेकपा एमालेले निष्कासन गरेका दुई सांसद्लाई पदमुक्त नगरेकाे भन्दै एमालेले प्रदेश सभा बैठक अवरुद्ध गर्दै आएकाे छ ।
