काठमाडाैं । प्रदेश-१ काे प्रदेश सभा बैठक सरेकाे छ ।
आजका लागि तय भएकाे बैठक सभामुख प्रदीपकुमार भण्डारीले भाेलि दिउँसाे ११ बजेसम्मका लागि सार्नुभएकाे हाे । तोकिएको समय भन्दा दुई घण्टा ढिलोगरी सुरु भएकाे बैठक प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद् उपस्थित नभएपछि भाेलिका लागि सारिएकाे हाे ।
बन्दका कारण आजको बैठकमा आफ्ना सांसद् सहभागी हुन नपाउने भन्दै एमालेले बैठक स्थगित गर्न माग गरेकाे थियाे । आजकाे बैठकमा मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने कार्यसूची थियाे ।
