काठमाडाैं । प्रदेश-१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मत पाउनुभएकाे छ ।
बुधबार बसेकाे प्रदेश सभा बैठकबाट राईले विश्ववासकाे मत पाउनुभएकाे हाे । मतदानमा राईको पक्षमा ५० र विपक्षमा २९ मत परेको हो । ९२ सदस्यीय प्रदेश सभामा सभामुखबाहेक ७९ जना सांसद् उपस्थित थिए ।
भीम आचार्यले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि एकीकृत समाजवादी प्रदेश-१ संसदीय दलका नेता राई कात्तिक १६ गते मुख्यमन्त्री बन्नुभएकाे थियाे । एकीकृत समाजवादीसहित कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको पाँचदलीय गठबन्धनको समर्थनमा उहाँ मुख्यमन्त्रीमा नियुक्त हुनुभएकाे थियाे ।
