काठमाडौं । भाेलि बस्ने प्रतिनिधि सभा बैठकका लागि सम्भावित कार्यसूची सार्वजनिक गरिएकाे छ ।
प्रतिनिधि सभाको दशौं अधिवेशनअन्तर्गत भोलि दिउँसाे २ बजे बस्ने बैठकका लागि संघीय संसद् सचिवालयले आज सम्भावित कार्यसूची सार्वजनिक गरेकाे हाे । भोलिको बैठकमा 'नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेशसहित ६ वटा अध्यादेश पेस हुने सम्भावित कार्यसूची छ ।
प्रहरीसम्बन्धी अध्यादेशसहित तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८ गृहमन्त्री बालकृष्ण खाँडले पेस गर्नुहुने कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
भौतिक पूर्वाधार तथा संसदीय मामिला मन्त्री रेनुकमारी यादवले रेल्वे अध्यादेश, २०७८, कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूले 'यौन हिंसाविरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८' र 'फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८' पेस गर्नुहुने कार्यसूची छ ।
हेर्नुस् कार्यसूची:
