काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभा बैठक अवरोध गरेको छ ।
यद्यपि प्रमुख प्रतिपक्षी एमालेकाे अवराेधबीच सभामुख अग्निप्रसाद सापकाेटाले बैठककाे कार्यसूची अगाडि बढाउनु भएकाे छ । मंगलबार बसेकाे प्रतिनिधि सभा बैठकमा सभामुख सापकोटाले कार्यसूची अगाडि बढाएलगत्तै एमाले सांसद्ले आशनबाट उठेर नाराबाजी गरेका थिए । सभामुख सापकोटाले बैठक सञ्चालनका निम्ति अनुरोध गरेपनि समेत एमाले सांसद्ले नाराबाजीलाई निरन्तरता दिएका छन् ।
गैह्र सांसद् उपस्थित नभएसम्म बैठकमा अवराेध जारी राख्ने एमालेले बताइसकेकाे छ । एमालेले निष्कासन गरेका सांसद्लाई सभामुखले पदमुक्त नगरेकाे भन्दै एमालेले यसअघि पनि सदन अवराेध गर्दै आएकाे थियाे ।
