काठमाडाैं । नेकपा एमाले राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईले शेरबहादुर देउवा नेतृत्वकाे परमादेश सरकार निकम्मा बनेकाे बताउनुभएकाे छ ।
मंगलबार बसेकाे राष्ट्रिय सभा बैठककाे सुरुमै बाेल्दै भट्टराईले परमादेश सरकार निकम्मा बनेकाे बताउनुभयाे । उहाँले भन्नुभयाे - 'धेरै ठूलाे डक्का पिटेर गठबन्धनकाे सरकार बनाइएकाे थियाे, यद्यपि याे परकादेश सरकार हाे, याे सरकारका कारण प्रतिगामी तत्वहरु सलबलाइरहेका छन् ।'
देशमा सरकार भएको महशुस हुन नसकेको बताउँदै सांसद् भट्टराईले भन्नुभयाे - 'देशमा अहिले सरकार छ र ? भन्ने प्रश्न उठिरहेकाे छ, देश सरकार बिहीनताकाे अवस्था छ, सरकार छ मन्त्री ज्यूहरुका र उहाँहरूको परिवारका लागि, तर देश र जनताका लागि आज देशमा सरकार भएकाे अवस्था छैन ।' प्रतिगमनकाे वातावरण तयार पार्ने काम गठबन्धनका नेताहरुले गरेका उहाँले बताउनुभयाे । प्रतिगमनका लागि आधार तयार पार्ने काम पनि वर्तमान सरकारले गरेकाे सांसद् भट्टराईले बताउनुभयाे ।
लिम्पियाधुरा, लिपुलेक र कालापानी फिर्ता ल्याउन केपी ओली नेतृत्वकाे सरकारले नक्सामा समेट्ने देखि वार्ता र संवाद्का काम तीब्र रुपमा अगाडि बढाएकाे भन्दै उहाँले याे विषयमा अहिलेकाे सरकारले एक शब्द नबाेलेकाे बताउनुभयाे । सभामुख र सरकार संविधान र गणतन्त्रकाे बर्खिलापमा हिँडेका उहाँले बताउनुभयाे । अहिले सरकारका कुनैपनि अंग नचलेका सांसद् भट्टराईले बताउनुभयाे । अर्थतन्त्र डामाडाेल भएकाे, न्याय हराएकाे, व्यवसाय ठप्प,महँगी बढेकाे अवस्था,किसानले मल नपाउने अवस्था देशमा रहेकाे पनि सांसद् भट्टराई बताउनुभयाे । सेयर बजार पनि डामाडाेलमा रहेकाे र विकास निर्माणका आयाेजना ठप्प रहेका पनि भट्टराईले बताउनुभयाे । विकासकाे गति राेक्ने काम अहिलेकाे सरकारले गरिरहेकाे बताउनुभयाे ।
एमालेकाे सरकार रहेकाे भए भूमिहीन सुकुम्बासीकाे समस्या समाधान भइसक्ने भन्दै उहाँले यसबारे वर्तमान सरकार माैन रहेकाे बताउनुभयाे । जयसिंह धामी प्रकरणमा वर्तमान सरकार नबाेलेकाे पनि उहाँले बताउनुभयाे । निर्मला पन्तकाेबारे हिजाे कुर्लिनेहरु सरकारमा गएपछि चुप लागेका पनि उहाँले बताउनुभयाे ।
सरकार र सभामुख अग्निप्रसाद सापकाेटाका कारण सदन अवरुद्ध गर्नुपरेकाे भट्टराईले बताउनुभयाे । सरकार र सभामुखको अकर्मण्यताका कारण देशको राजनीति गलत दिशामा अघि बढिरहेको उहाँले बताउनुभयाे । सभामुखको अकर्मण्यताबाट संघीय संसद् प्रभावित रहेको र सही ढंगबाट चल्न नसकेको भन्दै उहाँले सभामुखले सदन चलाउन नचाहेको बताउनुभयो ।
दलले निष्कासन गरेका सांसद्लाई सभामुखले नहटाएकाले नै विराेध गरिएकाे सांसद् भट्टराईले प्रष्ट पार्नुभयाे । गैर सांसद् राखेर सदन चल्न नसक्ने भन्दै उहाँलेगैर सांसद् राखेर सदन चलाउने चेष्टा गर्नु लोकतन्त्रको मूल्यमान्यता र संविधानकाे प्रावधान अनुरुप नरहेकाे बताउनुभयाे । लाेकतन्त्रकाे खिलाप, संविधानकाे खिलाप र व्यवस्था विपरित जान खाेजिएकाे भन्दै उहाँले त्यसकाे विरुद्ध आफूहरु उत्रिएकाे बताउनुभयाे । यस्ताे अवस्थामा सदन चल्न नसक्ने उहाँले बताउनुभयाे ।
सरकार कान थुनेर, आँखा छाेपेर र मुख थुनेर बसेकाे भन्दै उहाँले यस्ताे अवस्थामा सदन चल्न नसक्ने बताउनुभयाे । सरकार र सभामुखकाे चाहाना सदन चलाउने नरहेकाे पनि सांसद् भट्टराईले बताउनुभयाे । भट्टराईले हिउँदे अधिवेशनको पहिलो दिन स्वागत, शुभकामना आदानप्रदान कार्यक्रम नहुनु गम्भीर विषय भएको पनि बताउनुभयाे ।
