काठमाडाैं । प्रदेश-२ को प्रदेश सभाको आठौं अधिवेशन आजदेखि सुरु हुँदैछ ।
प्रदेश प्रमुख हरिशंकर मिश्रले बुधबार बिहान ११ बजेका लागि बैठक आह्वान गर्नुभएकाे प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेश प्रमुख मिश्रले संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश सभाको अधिवेशन आह्वान गर्नुभएकाे हाे ।
बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त आठौं अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने लगायत कार्यसूची तय गरिएकाे प्रदेश सभा सचिवालयले जनाएकाे छ ।
