काठमाडाैं । राष्ट्रिय सभा बैठक आज बस्दैछ ।
राष्ट्रिय सभा बैठक आज दिउँसाे १ बजे बस्न लागेकाे संघीय संसद् सचिवालयले जनाएकाे छ । आफूहरुका माग सुनुवाइ नभएकाे भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले संघीय संसद्का दुवै सदनकाे बैठक अवरुद्ध गर्दै आएकाे छ ।
सभामुख अग्निप्रसाद सापकाेटा सच्चिनुपर्ने नभए राजीनामा दिनुपर्ने एमालेकाे अडान छ । पार्टीले कारबाही गरेका गैर सांसद् राखेर सदन चल्न नसक्ने एमालेले बताएकाे छ । आफूले कारबाही गरेका माधव नेपालसहित १४ सांसद्लाई सभामुखले पदमुक्त नगरेकाे भन्दै एमालेले सदन अवरुद्ध गर्दै आएकाे छ ।
सदनकाे गतिराेध,एमसीसी लगायत विषयमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार बाेलाएकाे सर्वदलीय बैठक पनि एमालेले बहिष्कार गरेकाे थियाे । आफ्नो पार्टीले कारबाही गरेका व्यक्तिले दर्ता गरेको एकीकृत समाजवादी अवैध रहेको र साे दल सहभागी हुने बैठकमा आफूहरु सहभागी नहुने भन्दै एमालेले बैठक बहिष्कार गरेकाे थियाे ।
