काठमाडाैं । प्रतिनिधि सभा बैठक आज बस्दैछ ।
दिउँसाे १ बजे बस्ने बैठकमा विभिन्न सूचना तथा प्रस्ताव पेस हुने सम्भावित कार्यसूची रहेकाे संघीय संसद् सचिवालयले जनाएकाे छ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री श्री दिलेन्द्र प्रसाद बडूले 'यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।
मन्त्री बडूले 'फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेकाे पनि संसद् सचिवालयले जनाएकाे छ ।
बैठकमा सांसद् प्रेम सुवालले 'यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस्' भन्ने सूचना प्रस्तुत गर्नुहुने कार्यसूची छ । सुवालले नै 'फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस्' भन्ने सूचना प्रस्तुत गर्नुहुनेछ ।
हेर्नुस कार्यसूची:
