काठमाडाैं । प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभा बैठकमा अवराेध कायमै राखेकाे छ ।
मंगलबार बैठक सुरुहुनासाथ एमाले सांसद्ले राेस्टम अगाडि आएर नाराबाजी गरेका हुन् । सभामुख अग्निप्रसाद सापकोटाले बस्न आग्रह गरे पनि एमाले सांसद्ले नाराबाजी कायमै राखेका छन् । एमालेकाे अवराेधबीच सभामुखले बैठक अगाडि बढाउनुभएकाे छ ।
