काठमाडौं । प्रनिनिधि सभा बैठक आज पनि बस्दैछ ।
दिउँसो १ बजे बस्ने बैठकमा सभामुख अग्निप्रसाद सापकाेटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुहुने कार्यसूची रहेकाे संघीय संसद् सचिवालयले छ ।
बैठकमा सांसद् प्रेम सुवालले 'नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस्' भन्ने सूचना प्रस्तुत गर्नुहुनेछ । गृहमन्त्री बालकृष्ण खाँडले 'नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।
सांसद् सुवालले भनै 'तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस्' भन्ने सूचना प्रस्तुत गर्नुहुने कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ । मन्त्री खाँडले 'तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
सांसद् सुवालले 'सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस्' भन्ने सूचना प्रस्तुत गर्नुहुनेछ कार्यसूची छ । मन्त्री खाँडले 'सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । सांसद् सुवालले 'रेल्वे अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस्' भन्ने सूचना प्रस्तुत गर्नुहुनेछ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्री रेनुकुमारी यादवले 'रेल्वे अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद् निरन्तर अवरुद्ध गर्दै आएकाे छ । तर एमालेकाे माग पूरा गर्नुकाे साटाे सभामुख सापकाेटाले एमालेलाई वेवास्ता गर्दै बैठककाे कामकारबाही अगाडि बढाउँदै आउनुभएकाे छ । एमालेकाे अवराेधबीच सरकारले अध्यादेश र विभिन्न प्रस्ताव पेस गर्ने काम गरिरहेकाे छ ।
