काठमाडौं । आज बस्ने भनिएको प्रतिनिधि सभा बैठक स्थगित भएको छ । आज दिउँसो १ बजेको लागि बोलाइएको बैठक नेकपा माओवादी केन्द्रको महाधिवेशन नसकिएकोले स्थगित भएको हो । माओवादी पार्टीको आग्रहमा बैठक स्थगित भएको बुझिएको छ । संसद् सचिवालयले भने विशेष कारणले बैठक स्थगित भएको जनाएको छ । आज स्थगित भएको बैठक पुस २२ गते बस्ने संसद् सचिवालयले जनाएको छ । प्रतिनिधि सभा बैठक नबस्ने भए पछि आइतबार बोलाइएको कार्य व्यवस्था समितिको बैठक पनि स्थगित भएको छ ।
आजको प्रतिनिधि सभा बैठक स्थगित
काठमाडौं । आज बस्ने भनिएको प्रतिनिधि सभा बैठक स्थगित भएको छ । आज दिउँसो १ बजेको लागि बोलाइएको बैठक नेकपा माओवादी केन्द्रको महाधिवेशन...
SUNRISE KHABAR
1 min read
प्रकाशित मिति:
शेयर गर्नुहोस्:
समाचारदाता
SUNRISE KHABAR
