काठमाडाैं । निर्मला कुर्मीको न्यायका लागि माइतीघर मण्डलामा धर्ना बसेकाहरुको माग सम्बोधन हुने प्रत्याभूति गरी घर फर्कने वातावरण बनाउन संसदीय समितिले निर्देशन दिएको छ ।
सिंहदरबार साेमबार बसेकाे प्रतिनिधि सभाकाे महिला तथा सामाजिक समितिले सरकारलाई साे निर्देशन दिएकाे हाे । समितिले माइतीघरमा धर्नामा बसेका महिलाहरुको स्वास्थ्य परीक्षण गर्न-गराउन र माग सम्बोधन हुने प्रत्याभूति गरL घर फर्कने वातावरण बनाउन महिला आयोग, गृह मन्त्रालय, महिला बालबालिका मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको हो ।
नेपालगञ्जकी निर्मला कुर्मीको न्यायका लागि अधिकारकर्मी रूबी खानसहितका अधिकारकर्मीहरू गत मंसिर ९ गतेदेखि माइतीघरमा धर्नामा बसेका छन् ।
बैठकले महिला हिंसा, लैंगिक हिंसाका घटनामा संवेदनशील भइ पूर्वाग्रह नराखी अनुसन्धान गर्न पनि निर्देशन दिइएको समिति सभापति निरुदेवी पालले जानकारी दिनुभयो । महिला हिंसाका सम्बन्धमा परेका उजुरीलाई द्रूतमार्गबाट तत्काल किनारा लगाउन पनि समितिले निर्देशन दिएकाे छ । पीडितको सुरक्षाको सुनिश्चितता गर्न पनि निर्देशन दिइएको सभापति पालले जानकारी दिनुभयो ।
