काठमाडौं । राष्ट्रिय सभाको बैठक पुस २५ गतेका लागि बोलाइएको छ ।
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पुस २५ गते दिउँसो १ बजे बस्नेगरी बैठक बोलाउनुभएकाे संघीय संसद सचिवालयले मंगलबार सूचना निकालेर जानकारी दिनुभएकाे छ ।
यसअघि पुस ५ गते बसेको बैठक अर्को सूचनाद्वारा बैठककाे मिति र समय ताेक्नेगरी स्थगित भएकाे थियाे ।
