काठमाडौं । प्रतिनिधि सभाको बैठक फेरि सारिएकाे छ ।
पुस २२ गते बिहीबार दिउँसो १ बजे बस्ने तय भएकाे बैठक पुस २८ गतेका लागि सारिएकाे संघीय संसद् सचिवालयले बुधबार सूचनामार्फत जानकारी दिएकाे छ । पुस २२ गतेका लागि तय बैठक पुस २८ गतेका लागि सारिएकाे सूचनामा उल्लेख छ ।
यसअघि पुस १८ का लागि तय गरिएकाे बैठक पुस २२ का लागि सारिएको थियो ।
