काठमाडाैं । कर्णाली प्रदेश सभाको नवौँ (हिउँदे) अधिवेशन पुस २८ गतेका लागि आह्वान भएकाे छ ।
प्रदेश प्रमुख तिलक परियारले प्रदेश सरकारको निर्णयबमोजिम अधिवेशन आह्वान गर्नुभएकाे हाे । नेपालको संविधान धारा १८३ (१) बमोजिम प्रदेश प्रमुख परियारले पुस २८ गते बुधबार दिउँसाे ३ बजेका लागि प्रदेश सभा अधिवेशन आह्वान गर्नुभएकाे प्रदेश प्रमुखकाे कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएकाे छ ।
बैठक कर्णाली प्रदेश सभा भवन वीरेन्द्रनगरमा बस्नेछ ।
