काठमाडाैं । यही पुस २५ गते आइतबार अपराह्न एक बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसद्, राष्ट्रियसभाको बैठक विशेष कारणवश उक्त दिन नहुने भएको छ ।
बैठक यही पुस २७ गते मंगलबार अपराह्न १ बजे बस्ने गरी पुनः निर्धारण गरिएको संसद् सचिवालयले जनाएको छ ।
राष्ट्रियसभा नियमावली ०७५ को नियम (६) बमोजिम राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त बैठक निर्धारण गर्नुभएको हो ।
–रासस
