काठमाडाैं । प्रदेश-२ को प्रदेश सभा बैठक आज बस्दैछ ।
बिहान ११ बजे बस्ने बैठकमा प्रदेशकाे नामाकरण र स्थायी राजधानीबारे छलफल हुनेछ । प्रदेशको नामाकरण र स्थायी राजधानीसम्बन्धी अध्ययन गर्न गठित विशेष समितिले बैठकमा आफ्नो प्रतिवेदन पेस गर्ने कार्यसूची रहेकाे प्रदेश सभा सचिवालयले जनाएकाे छ ।
सभामुख सरोजकुमार यादवकाे संयोजकत्वमा गठित समितिले प्रदेशको नाम र राजधानीबारे विभिन्न दल तथा प्रदेश सभा सदस्यसँग भएका छलफलका निर्णयसहितको प्रतिवेदन पेस गरेपछि प्रदेश सभामा प्रस्तावमाथि छलफल हुनेछ ।
यद्यपि विशेष समितिले प्रदेशको नाम र राजधानीमा समिति जुटाउन नसकेपछि विभिन्न दलका प्रदेश सभा सदस्यबाट नाम र राजधानीका लागि आएका प्रस्ताव मतदानबाटै टुंगाे लगाउने सहमति भएकाे छ ।
