काठमाडाैं । राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।
भाेलि माघ ३ गतेका लागि बाेलाइएकाे बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको संघीय संसद् सचिवालयले आइतबार सूचनामार्फत जानकारी दिएकाे हाे । विशेष कारणवश बैठक बस्न नसकेकाे सूचनामा उल्लेख छ ।
यसअघि पुस २७ गते बोलाइएकाे राष्ट्रिय सभा बैठक पनि विशेष कारणवश बस्न नसक्ने भन्दै माघ ३ गतेका लागि सारिएकाे थियो ।
