काठमाडौं । प्रतिनिधि सभा बैठक फेरि सरेकाे छ ।
माघ ३ गतेका लागि बाेलाइएकाे प्रतिनिधि सभा बैठक माघ १६ गतेसम्मका लागि स्थगित गरिएको संघीय संसद् सचिवालयले आइतबार सूचनामार्फत जानकारी दिएकाे हाे । भाेलिका लागि बाेलाइएकाे बैठक विशेष कारणवश स्थगित भएकाे सूचनामा उल्लेख छ । अर्काे बैठक माघ १६ गते बस्नेगरी तय गरिएकाे सचिवालयले जनाएकाे छ । प्रतिनिधि सभा बैठक पटक-पटक सूचना टाँस गरेर स्थगित गरिएकाे छ ।
भाेलिका लागि बाेलाइएकाे राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित भएकाे सूचना संसद् सचिवालयले यसअघि जारी गरिसकेकाे छ ।
