काठमाडौं । प्रदेश-२ को नाम मधेश प्रदेश कायम भएकाे छ ।
साेमबार बसेकाे प्रदेश सभाकाे दाेस्राे बैठकमा भएकाे मतदानबाट मधेस प्रदेश नाम दुईतिहाइ बहुमतले पारित भएकाे हाे । मतदानमा कुल ९९ सांसद्ले भाग लिएका थिए । जसमा मधेश प्रदेशका पक्षमा ८० जनाले मतदान गरे ।
यसअघि सोमबार नै भएको मतदानमा प्रदेशको राजधानी जनकपुर राख्ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएको थियो । याेसँगै अब प्रदेश-२ काे नाम मधेश प्रदेश र स्थायी राजधानी जनकपुर कायम भएकाे छ ।
