काठमाडाैं । राष्ट्रिय सभाकाे बैठक माघ १७ गते बस्ने भएकाे छ ।
बैठक माघ १७ गते दिउँसाे १ बजे बस्ने संघीय संसद् सचिवालयले बिहीबार सूचनामार्फत जानकारी दिएकाे हाे । यसअघि संसद् सचिवालयले माघ २ गते सूचना जारी गर्दै बैठककाे सूचना पछि निकालिने जानकारी दिएकाे थियाे ।
